विन्ध्यवासिनी मन्दिरमा शोभायात्रासहित नवदुर्गा महोत्सव शुरु

पाेखरा | असोज २८, २०८०

विन्ध्यवासिनी मन्दिरमा शोभायात्रासहित नवदुर्गा महोत्सव शुरु

पोखरा:   पोखराकै ठुलो शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा शोभायासहित नवदुर्गा महोत्सव–२०८० शुरु भएको छ । 


वडा दशैँको स्वागतार्थ शोभायात्रासहित आज (आइतबार) घटस्थापना पुजा गरी विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा नवदुर्गा महोत्सव शुरु भएको हो ।


विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले नवकन्या आरुढ नौ रथ सहितको शोभायात्रा सहित पुजा गरि वडा दशैँको स्वागत गरेको बताए ।


नवदुर्गा महोत्सवको अवसरमा विन्ध्यवासिनी मन्दिरबाट शोभायात्रामा नवकन्या, आरुढ नौ रथसहित विन्ध्यवासिनी मन्दिरको झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, राष्ट्रिय सेवा दल, बटुकहरु, जलकलश सहित मातृशक्ति, बिभिन्न आमा समुहहरु, सामाजिक धार्मिक तथा जातिय साँस्कृतिक शैक्षिक संस्थाहरु, भजन समुहहरु शोभायात्रामा सहभागी भएका थिए । 


आजबाट सुरु भएको नवदुर्गा महोत्सव नवमीसम्म सञ्चालन हुने समितिका सचिव श्रेष्ठले बताए । 


‘हामीले विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव २०६४ सालदेखि संस्थागत ढङ्गले सञ्चालन गर्दै आएका छौं, केही वर्ष कोभिडका कारण गर्न सकेनौं’, सचिव श्रेष्ठले भने, ‘घटस्थापनासँगै आज विन्ध्यवासिनी मन्दिरबाट नवदुर्गा शोभायात्रासहित महोत्सव सञ्चालन गरेका छौ, शोभायात्रा सम्पन्न भइसकेको छ, महोत्सव नवमीसम्म सञ्चालन हुन्छ ।’

 


उनले धर्म संस्कृतिको संरक्षण र सामाजिक सद्भाव कायम राख्न महोत्सव आयोजना गरेको बताए ।


‘महोत्सवको पहिलो उद्धेश्य धर्म संस्कृतिको संरक्षण हो, हाम्रो धर्म संस्कृति बारे सन्तन्तीलाई जानकारी र पुस्तान्तरण गर्ने दोस्रो उद्धेश्य हो’, उनले भने, ‘ सामाजिक सद्भाव कायम गर्न सकिन्छ भनेर महोत्सव आयोजना गरेका हौ ।’


उनले महोत्सवबाट अर्थ संकलन नै प्रमुख उद्धेश्य नभएपनि मन्दिर, महोत्सवमा आएका भक्तजनले आफ्नो खुशीले भेटी चढाउन पाउने बताए । श्रेष्ठले महोत्सव अवधिभर रात्रिकालिन आरती श्रीमद्देवी भागवतको कथा ,महायज्ञ प्रस्तुत हुने बताएका छन् । 


श्रेष्ठका अनुसार प्रत्येक दिन बिहान ९ देखी १२ बजे सम्म र मध्यान्नदेखी अपरान्ह ४ बजे सम्म महायज्ञ हुनेछ ।


उनले बिजयादशमीको दिन बिहान ४ बजेदेखी नित्य पूजा आरम्भ भई ५ बजेबाट भक्तजनहरुका लागि खुला गरिने बताए । त्यसपश्चात वाल गोपाल भजन मण्डल तथा बिन्ध्यबासिनी महिला भजन समुहबाट भजन कीर्तन हुने समितिले जनाएको छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्